हालेप अस्ट्रेलियन ओपनबाट बाहिरिन्
काठमाडौं। गार्विन मुगुरुजाले अस्ट्रेलियन ओपनको फाइनलमा सोफिया केनिनसँगको भेट पक्का गरेकी छिन्।

उनले चौथो वरियाताकी सिमोना हालेपलाई २-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।

स्पेनकी २६ वर्षे मुगुरुजाले रोमानियाकी हालेपलाई ७-६ (१०/८), ७-५ को सेटमा नतिजा निकालेकी हुन्।

हालेप दुई पटकको अस्ट्रेलियन ओपन विजेता खेलाडी हुन्।

“फाइनलमा स्थान बनाउँन पाउँदा म उत्साहित छु। मैले अझै लामो यात्रा तय गर्नु पर्नेछ र शनिबार अर्को एक खेल बाँकी छ,” जितपछि मुगुरुजाले भनिन्, “हालेपविरुद्ध खेल्नु निकै कठिन हुन्छ।

मैले यहाँ उनीविरुद्ध सम्पूर्ण शक्ति खर्च गरेँ।”

मुगुरुजाले अब अमेरिकाकी सोफिया केनिनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्।

सोफियाले आजै पहिलो सेमिफाइनलमा शीर्ष वरियाताकी एशले बार्टीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्