रियाल कोपा डेल रेको क्वार्टरफाइनलमा
काठमाडौं। रियाल मड्रिडले गएराति रियाल जारागोजामाथि ४-० को सहज विजय हासिल गर्दै कोपा डेल रेको अन्तिम आठमा स्थान बनाएको छ।
रियालले राफायल भरानको गोलबाट छैटौं मिनेटमै अग्रता लिएको थियो।
भरानले टोनी क्रुसको क्रसलाई पोष्टको दिशा दिएका थिए।
३२औं मिनेटमा लुकास भाजक्वेजले अग्रता दोब्बर बनाए। भाजक्वेजले पनि क्रुसकै पासमा गोल गरेका थिए।
७२औं मिनेटमा भिनसियस जुनियरले अर्को गोल थपे। उनले जेम्स रोडरिग्वेजको पासलाई पोष्टको दिशा दिएका हुन्।
खेल सकिन दश मिनेट बाँकी छँदा बैकल्पिक खेलाडी करिम बेन्जेमाले अर्को गोल थपेपछि रियालले सहज जित निकालेको हो।
बेन्जेमा ७३औं मिनेटमा लुका जोभिचको स्थानमा मैदान छिरेका थिए।
प्रतिक्रिया दिनुहोस्