इरिक्सनको डेब्यूमा इन्टरको जित

काठामाडौं। क्रिष्टियन इरिक्सनले डेब्यू गरेको खेलमा इन्टर मिलानले गएराति फियोरेन्टिनालाई २-१ ले हराउँदै कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएको छ।

डेनमार्कका मिडफिल्डर इरिक्सन १४ माघमा मात्र इङ्लिस क्लब टोटेनह्यामबाट झन्डै एक करोड ६९ लाख पाउण्डमा इन्टरसँग अनुबन्ध भएका थिए।

उनी दोस्रो हाफमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। उनले ६६औं मिनेटमा एलेक्सिस सान्चेजलाई प्रतिस्थापन गरेका थिए।

त्यसअघि एन्टोनियो क्यान्ड्रेभाको गोलमा इन्टरले ४४औं मिनेटमा अग्रता लिएको थियो।

६०औं मिनेटमा फियोरेन्टिनाका मार्टिन क्यासरेसले बराबरी गोल फर्काए।

त्यसको सात मिनेट नवित्दै निकोलो बारेल्लाले गरेको गोल इन्टरको जितमा निर्णायक बन्यो।

चेल्सी बाँकी सिजनका लागि लोनमा आएका भिक्टर मोसेस पनि दोस्रो हाफमा मैदान छिरे।

इन्टरले अब फाइनल प्रवेशका लागि नेपोलीसँग प्रतिस्पर्धा गर्नेछ।

अर्को सेमिफाइनलमा युभेन्टस र एसी मिलानलले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्