हारका बाबजुद सिटी काराबाओ कपको फाइनलमा
काठमाडौं। म्यानचेस्टर सिटी दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग १-० पराजित भए पनि काराबाओ कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।
दोस्रो लेग गुमाएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गोल गर्ने पक्षमा सुधार गर्नुपर्ने बताएका छन्।
म्यानचेस्टर डर्बीको दोस्रो लेगमा सिटी घरेलु मैदानमै १-० ले पराजित भएको हो।
तथापी समग्रमा ३-२ को जितसहित सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
सिटीले ओल्ड ट्राफोर्डमा ३-१ को जित निकालेको थियो।
ग्वार्डिओलाको सिटीले अब वेम्बली रंगशालामा १ मार्चमा हुने फाइनलमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ।
युनाइटेडले ३५औं मिनेटमा नेमान्जा माटिचको गोलबाट अग्रता लिएको थियो।
फ्रेडको फिकिकलाई सिटीका रक्षकले राम्रो क्लियर नगरेको बलमा माटिचले गोल गरेका थिए।
उनले वायाँ खुट्टाले हानेको सशक्त प्रहार सिटीका गोलकिपर क्लाउडियो ब्राभोले रोक्न सकेनन्।
माटिचले ७६ मिनेटमा दोस्रो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी युनाइटेड दश खेलाडीमा सिमित भएको थियो।
माटिचले ५१औं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गरेका थिए।
युनाइटेड दश खेलाडीमा सिमित भए पनि सिटीले त्यसको फाइदा लिन सकेन।
इतिहाद रंगशालामा जारी सिजन युनाइटेडको यो दोस्रो जित हो।
यसअघि प्रिमियर लिगको खेलमा पनि युनाइटेड २–१ ले विजयी भएको थियो।
"खेलाडीप्रति मलाई गर्व छ। सिटीलाई उनीहरूकै मैदानमा दुई पटक पराजित गरे," युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, "हामीले गोलका अवसर कम सिर्जना गरे पनि उनीहरूलाई दबाबमै राख्यौं। यसमा म खुशी छु।"
लिग कपमा लगातार तीनपटक फाइनल पुग्ने सिटी तेस्रो टीम बनेको छ।
यसअघि लिभरपुल १९८१ देखी १९८४ को बीचमा तथा नटिङ्घम फरेष्ट १९७८ देखी १९८० को बीचमा लगातार तीनपटक फाइनलमा स्थान बनाउन सफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्