काठमाडौं। लिभरपुलले गएराति वेष्ट ह्याममाथि २-० को जित निकाल्दै इङ्लिस प्रियिमर लिगमा १९ अंकको अग्रता लिएको छ।
तथापी प्रशिक्षक योर्गान क्लोपले उत्साहित प्रतिक्रिया दिएका छैनन्।
मोहम्मद सालाहले पेनाल्टीमा गरेको गोलमा लिभरपुलले ३५औं मिनेटमा अग्रता लिएको थियो।
५२औं मिनेटमा एलेक्स अक्सलेड-चेम्बरलेनले अग्रता दोब्बर बनाए। प्रिमियर लिगको २४ खेलमा लिभरपुलको यो २३औं जित हो।
लिभरपुलको यो लगातार १५औं जित हो।
जितसँगै लिभरपुलले १९९० पछि पहिलो पटक लिगको उपाधि नजिक पुगेको छ।
लिगमा ४१ खेलसम्म अपराजित रहेको लिभरपुलको जारी लयले छुट्टै कोशेढुंगा स्थापित गर्न सक्छ।
"तीन अंक लिन सकेकोमा म खुशी छु," क्लोपले भने, "टीमले आज सामान्य प्रदर्शन गरे। मलाई थाहा छैन हामीलाई कसले भेट्टाउन सक्छ। हाम्रो पहिलो लक्ष्य भनेकै धेरैभन्दा धेरै अंक बटुल्ने हो। हामीले अझ धेरै खेल खेल्न बाँकी छ।"
लिभरपुलका प्रशिक्षक क्लोपले थपे, "हामीले ७० अंक जोडेका छौं। यो अविश्सनीय नम्बर हो। अब जे पनि हुनसक्छ। त्यसैले कीर्तिमानतिर मेरो ध्यान छैन। अझै हामीले केही गर्यौँ भन्ने महशुस भएको छैन। लामो सास फेर्छौँ र शनिबार साउथह्याम्पटनका लागि तयार हुनेछौं।"
जनवरी सकिँदा लिभरपुलले ७० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ५१ अंक जाडेको छ।
४८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ। डेबिड मोयसको वेष्ट ह्याम भने २३ अंकका साथ १७औं स्थानमा छ।
जुन रेलिगेशन क्षेत्रको बर्नमाउथ र वाटफोर्डसँग बराबरी हो।
लिगमा ४१ खेलसम्म अपराजित लिभरपुलको यात्रा तेस्रो लामो हो।
यसअघि आर्सनल २००४ मा ४९ अपराजित रहेको थियो भने १९७८ मा नटिङघम फरेष्ट ४२ खेलसम्म अपराजित थियो।
" /> काठमाडौं। लिभरपुलले गएराति वेष्ट ह्याममाथि २-० को जित निकाल्दै इङ्लिस प्रियिमर लिगमा १९ अंकको अग्रता लिएको छ।तथापी प्रशिक्षक योर्गान क्लोपले उत्साहित प्रतिक्रिया दिएका छैनन्।

">