रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिसको अन्तिम चारमा

काठमाडौं। रोजर फेडेररले पूनः एक पटक पाँचमा विजय हासिल गर्दै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन्।

तेस्रो वरीयताका फेडेररले अमेरिकाका टेनी स्यान्डग्रेनलाई ६–३, २–६, २–६, ७–६(१०-८), ६–३ को सेटमा हराएका हुन्।

२० पटकका ग्राण्डस्लाम विजेता फेडेररले ‘ग्रोइन’ समस्याका कारण तेस्रो सेटमा ‘मेडिकल टाइम आउट’ लिएका थिए।

स्विट्जरल्यान्डका फेडेररले अब नोभाक जोकोभिच र मिलोस रोनिकबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ भने शीर्ष वरीयाताकी एशले बार्टी र सोफिया केनिनले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्