ए डिभिजन लिगमा सरस्वतीको पहिलो जित, हिमालयन शेर्पा ४–३ ले पराजित
काठमाडौं। हिमालयन शेर्पामाथि ४–३ को नतिजा निकाल्दै सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।

लिगमा आठौं चरणसम्म जितबिहीन बनेको सरस्वतीले आजको जितसँगै चार अंक जोडेको छ। तथापी सरस्वतीले रेलिगेशन क्षेत्र छाड्न सकेको छैन। लिगमा पुछारको एक टीममात्र रेलिगेशनमा पर्छ।

सरस्वती युथ भन्दा एक स्थान माथि रहेको सशत्र प्रहरी बलको एपीएफ क्लबले पाँच अंक जोडेको छ। पराजित हिमालयन शेर्पाको सात अंक छ। सरस्वतीले यसअघि ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सरस्वतीले पाँचौं मिनेटमै अग्रता लिएको थियो। सरस्वतीले काजीम बुसाईको गोलबाट अग्रता लिएको हो। दशौं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले बराबरी गोल फर्काए। ३५औं मिनेटमा विनोद केसीले गरेको गोलबाट सरस्वतीले पुन: अग्रता लियो। पहिलो हाफको अन्तिम मिनेटमा हिमायन शेर्पाका विजय श्रेष्ठले बराबी गोल फर्काए।

अन्तिम दश मिनेटमा तीन गोल भयो। बुसाईले ८३औं मिनेटमा अर्को गोल थपे भने ८८औं मिनेटमा मनिष थापाले अर्को गोल गरे। इन्जुरी समयमा रबि थापामगरले गोल गरे पनि हिमालयन शेर्पालाई खेलमा पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो।

आजै दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग खेल्दैछ। त्रिभुवन आर्मी १७ अंकका साथ दोस्रो स्थानमा छ भने जावलाखेल युथको १२ अंक छ।

प्रतिक्रिया दिनुहोस्