शहीद स्मारक ए डिभिजन फुटबलः पुलिसले एपीएफलाई हरायो

काठमाडौं। काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरू भएको नवौं चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने। उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो।

कप्तान भोलाले पेनाल्टीमार्फत् गोल गरेका हुन्। रवि पासवानको कर्नरमा एपीएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिइएको थियो।

सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए।

खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच घोषित भए। जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ।

पुलिसले नौ खेलमा १४ अङ्क जोडेको छ। त्यस्तै पराजित एपीएफ नौ खेलमा पाँच अङ्क जोडेर अङ्क तालिकाको १३औँ स्थानमा छ। रासस

प्रतिक्रिया दिनुहोस्