माओवादी कार्यकर्ता भन्छन्ः निर्वाचन होइन सर्वसम्मतिबाटै नेतृत्व चयन होस् काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन्। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेको थियो। तर कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ। पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने अधिकांम्स प्रतिनिधिहरुले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्