एफए कप: चेल्सीद्वारा हलसिटी पराजित

काठमाडौं। मिचे बात्सुयी र फिकायो तोमोरीको गोलमा चेल्सीले गएराति च्याम्पियनसिपको क्लब हलसिटीलाई २-१ ले हराउँदै एफए कपको पाँचौ चरणमा स्थान बनाएको छ।

चेल्सीले छैटौं मिनेटमै बात्सुयीको गोलबाट अग्रता लिएको थियो।

बात्सुयीले हानेको प्रहार हल सिटीको रायन टाफाजोलीलाई लागेर गोलमा परिणत भएको थियो।

त्यसपछि चेल्सीले पहिलो हाफ खेल नियन्त्रणमा राख्यो।

हल सिटीका गोलकिपर जर्ज लङले निरन्तर उत्कृष्ट बचाउ गरे।

हल सिटीले पनि पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। हार्बीले केनले फ्रिकिकलाई पोष्टको दिशा दिन सकेनन्।

जारोड बोवेनले सुन्दर मौका खेर फाले। उनले चेल्सीको रक्षापंक्तिलाई कटाएर हानेको प्रहार थोरैले आकाशिएको थियो।

चेल्सीले दोस्रो हाफमा अर्को गोल थप्यो। रोस बार्कलीको फ्रिकिकमा तोमोरीले हेडमार्फत पोष्टको दिशा दिए।

चेल्सीका पेड्रोले हानेको प्रहार फ्रेममा पर्न सकेन।

७८औं मिनेटमा कामिल ग्रोसिकीले फ्रिकिकमा गोल गरेपछि हलसिटी खेलमा पुनरागमन गर्ने संकेत गरको थियो। तर, घरेलु टोली सफल भएन।

गएराति सम्पन्न अन्य खेलमा जोजे माउरिन्होको टोटेनह्यामले साउथह्याम्पटनसँग १-१ को बराबरी खेल्यो।

वेष्ट ह्याम वेष्ट ब्रोमसँग १-० ले पराजित भयो।

प्रिमियर लिगको क्लब सेफिल्ड युनाइटेडले मिलवाललाई २-० ले हरायो।

न्युक्यास युनाइटेड अक्फोर्ड युनाइटेडसँग गोलरहित बराबरीमा रोकियो।

नर्विच सिटीले बर्नलीलाई २-१ ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्