नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै
काठमाडौं। १५-१६ माघमा नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता हुने भएको छ।

बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभाभागिता जनाउँनेछन्।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ।  जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टीमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन्।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रूपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद  १० हजार रूपैयाँ  प्राप्त गर्नेछन्।

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्