नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने रासस। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)काअनुसार नेपालले अगामी भदौ२० र २३गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग२अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो।नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्