वेष्ट इन्डिजले पाकिस्तानलाई एक विकेटले हरायो एजेन्सी। वेष्ट इन्डिजले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा एक विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। भ्रमणकारी पाकिस्तानले १६०/५ को स्थितिबाट चौथो दिन थालेको थियो। पाकिस्तानले २०३ रन जोड्दा सबै विकेट गुमायो। १६८ रनको लक्ष्य वेष्ट इन्डिजले ९ विकेट गुमाएर पुरा गर्यो। वेष्ट इन्डिजका जर्माइन ब्लाकउडले ५५ रन बनाए भने केमर रोच ३० रनमा अविजित रहे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्