बार्सिलोनाको विजयी सुरुआत एजेन्सी। मेस्सीबिना सिजन सुरु गरेको बार्सिलोनाले पहिलो खेलमा रियाल सोसिडाडमाथि ४–२ को नतिजा निकालेको छ। २१ वर्षको बार्सिलोना बसाई टुंगाउँदै मेस्सी पीएसजीमा अनुबन्ध भएका छन्। बार्सिलोनाको जितमा कार्लो ब्रेथवाइटले दुई तथा जेरार्ड पिके र सेर्गी रोबर्टोले एक/एक गोल गरे। सोसिडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले गोल गरे। बार्सिलोनाबाट मेम्फिस डिपाए र इरिक गार्सियाले डेब्यू गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्