साविक विजेता सिटी नयाँ सिजनको पहिलो खेलमा पराजित एजेन्सी। सन ह्युङ–मिनको गोलमा टोटेनह्यामले गएराती इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० हराएको छ। सिटी जाने चर्चामा रहेका ह्यारी केनलाई टोटेनह्याम प्रशिक्षक नुनो स्पिरिटो सान्टोले टिममै राखेका थिएनन्। घरेलु टिम टोटेनह्यामका लागि सनले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। कीर्तिमानी रकममा भित्र्याएका ज्याक ग्रेलिसले सिटीबाट डेब्यू गरे पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्