महिला फुटबल टिमलाई २८ खेलाडीमा झारियो काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ३९ खेलाडीबाट २८ मा झारेका हुन्। फिलिम्सले ४५ खेलाडीलाई बोलाए कोभिड–१९ संक्रमणले एक जना र परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी प्रशिक्षणमा आएका थिएनन्। छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्