१७ महिनापछि क्याम्प नोउमा ३० हजार दर्शक एजेन्सी। बार्सिलोनाले आज घरेलु मैदान क्याम्प नोउमा रियाल सोसिडाडविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्दैछ। कोभिड–१९ का कारण ७ मार्च २०२० देखि बन्द रंगशालामा खेलेको बार्सिलोनाले आज क्याम्प नोउमा २९ हजार ८०३ दर्शक प्रवेश दिनेछ। रंगशाला क्षमताको ३० प्रतिशत दर्शकलाई प्रवेश दिने भएकाले १७ महिनापछि बार्सिलोनाले पहिलोपटक समर्थकमाझ खेल्नेछ। आजको लागि ८५ प्रतिशतभन्दा धेरै टिकट बिक्री भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्