मेस्सी बाहिरिंदा पीडा भयो, तर हामी वर्तमानमा बाँच्नुपर्छ : कोम्यान एजेन्सी। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सी विगत भैसकेको र क्लबले वर्तमानको सामना गर्नुपर्ने बताएका छन्। बार्सिलोनाका सर्वकालीन उच्च गोलकर्ता मेस्सी फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध भएका छन्। बार्सिलोनाले आज मेस्सीबिना नयाँ सिजनको पहिलो खेल रियाल सोसिडाडविरुद्ध खेल्दैछ। प्रशिक्षक कोम्यान भन्छन्,‘मेस्सी बाहिरिँदा सबैलाई पीडा भएको छ। तर हामी विगतमा बाँच्न सक्दैनौं। नयाँ सिजनका लागि म उत्साहित छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्