युभेन्टसले एटलान्टालाई हरायो एजेन्सी। युभेन्टसले सिजनअघिको मैत्रीपूर्ण खेलमा इटालियन सिरी ‘ए’ प्रतिद्वन्द्वी एटलान्टालाई ३–१ ले हराएको छ। एलिनाज रंगशालामा युभेन्टसले पाउलो डिबालाको गोलबाट आठौं मिनेटमा अग्रता लियो। १७औं मिनेटमा लुइस मुरिएलले बराबरी गोल फर्काए। फेडरिको बर्नार्डेस्चीको गोलबाट युभेन्टसले पुनः अग्रता लियो। अल्भारो मोराटाले ९०औं मिनेटमा अर्को गोल थपेपछि युभेन्टसले सहज जित निकाल्यो। युभेन्टसले युडिनेस र एटलान्टाले टोरिनोविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्