इन्टरले भित्रायो जेको र डम्फ्रिस एजेन्सी। स्ट्राइकर रोमेलु लुकाकुलाई महंगो रकममा बिक्री गरेको इन्टर मिलानले एएस रोमाबाट इडेन जेको र पीएसभी आइन्डहोभनबाट डेन्जेल डम्फ्रिसलाई अनुबन्ध गरेको छ। ३५ वर्षे जेकोले इन्टरसँग दुई वर्षको सम्झैता गरेका हुन्। जेकोले रोमाबाट २६० खेलमा ११९ गोल गरेका थिए। इन्टरले डम्फ्रिससँग भने चार वर्षका लागि सम्झैता गरेको छ। नेदरल्यान्ड्सका डम्फ्रिजले युरो–२०२० मा उत्कृष्ट प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्