तेस्रो दिन पाकिस्तानलाई १२४ रनको अग्रता एजेन्सी। पाकिस्तानले वेष्ट इन्डिजविरुद्ध पहिलो टेष्टको तेस्रो दिन सकिँदा १२४ रनको अग्रता लिएको छ। २५१/८ को स्थितिबाट तेस्रो दिन थालेको वेष्ट इन्डिजले २५३ रन जोड्दा सबै विकेट गुमायो। तेस्रो दिन सकिँदा पाकिस्तान १६०/५ को स्थितिमा छ। पाकिस्तानले पहिलो इनिङ्समा २१७ रन बनाएको थियो। पाकिस्तानका बाबर आजम ५४ र फहीम अश्रफ १२ रन बनाएर क्रिजमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्