मेस्सी समर्थकमाझ सार्वजनिक भएको खेलमा पीएसजीको जित एजेन्सी। लियोनल मेस्सी समर्थकमाझ सार्वजनिक भएको खेलमा पीएसजीले गएराति फ्रेन्च लिग वानमा स्ट्रासबर्गलाई ४–२ ले हरायो। बार्सिलोनाका पूर्वस्टार मेस्सीसँगै सर्जियो रामोस, गोलकिपर जियानलुइगी डोनारुमा, जर्जिनियो विजनाल्डम र आच्रफ हाकिमीलाई खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थियो। पीएसजीका लागि माउरो इकार्डी, काइलियन एमबाप्पे, युलिन ड्राक्सलर र पाब्लो सराबियाले गोल गरे। स्ट्रासबर्गका केभिन गामेरियो र लुडोभिक एजोक्विइले गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्