लिभरपुलको सहज जितमा सालाहको कीर्तिमान एजेन्सी। लिभरपुलका फरवार्ड मोहम्मद सालाह इङ्लिस प्रिमियर लिगमा लगातार पाँच सिजन पहिलो खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। लिभरपुलले गएराति नर्विच सिटीलाई ३–० ले हराउँदा सालाहले एक गोल गरे। कारो रोडमा लिभरपुलले डिएगो जोटाको गोलबाट २६औं मिनेटमा अग्रता लियो। ६५औं मिनेटमा वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले गोल गरे। सालाहले ७४औं मिनेटमा तेस्रो गोल थपे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्