ओसाकाको पुरस्कार रकम हाइटीका भुकम्प पीडितलाई एजेन्सी। जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम हाइटीमा भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन्। हाइटीमा शनिबार ७.२ म्याग्निच्युटको भूकम्प जादाँ ३०४ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन्। आमा जापानकी हुन्। शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ। प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्