एभर्टनको विजयी सुरुवात एजेन्सी। राफेल बेनिटेजको एभर्टनले साउथह्याम्पटनलाई ३–१ ले हराउँदै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। भ्रमणकारी साउथह्याम्पटनले २२औं मिनेटमा एडम आर्मस्ट्रङको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। एभर्टनका रिचार्डलिसनले ४७औं मिनेटमा बराबरी गोल फर्काए। एबडोउले डोउकोरले ७६ र डोमिनिक काल्भर्ट–लेविनले ८१औं मिनेटमा गोल गरेपछि एभर्टनले सहज नतिजा निकाल्यो। नयाँ प्रशिक्षक बेनिटेजको एभर्टनमा सुखद सुरुआत भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्