चेल्सीको सहज जित एजेन्सी। युरोपियन च्याम्पियन चेल्सीले इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई ३–० ले हराएको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले मार्कोस एलोन्सोको गोलबाट २७औं मिनेटमा अग्रता लियो। ४०औं मिनेटमा क्रिष्टियन पुलिसिकले अग्रता दोब्बर बनाए। ५८औं मिनेटमा ट्रेभो चालोबाले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गर्यो। चेल्सीले बिहीबार भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै युईएफए सुपर कपको उपाधि जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्