युनाइटेडमा सान्चोको डेब्यू एजेन्सी। इङ्ल्यान्डका फरवार्ड जाडोन सान्चोले आज युनाइटेडबाट इङ्लिस प्रिमियर लिगमा डेब्यू गरेका छन्। लिड्स युनाइटेडविरुद्ध सिजनको पहिलो खेलमा सान्चो ७५औँ मिनेटमा ड्यानियल जेम्सको स्थानमा मैदान छिरेका हुन्। आज ओल्ड ट्राफोर्डमा ७२ हजार ७३२ दर्शक उपस्थित थिए। युनाइटेडले सान्चोलाई यसै सिजन जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डबाट ७ करोड ३९ लाख पाउण्डमा अनुबन्ध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्