युनाइटेडको शानदार जितमा फर्नान्डेजको ह्याट्रिक एजेन्सी। ब्रुनो फर्नान्डेजको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेड आज लिड्स युनाइटेडविरुद्ध ५–१ को नतिजा निकाल्दै इङ्लिस प्रियिमर लिगमा शानदार सुरुआत गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा फर्नान्डेजले ३०, ५४ र ६०औँ मिनेटमा गोल गरे। मासन ग्रिनउडले ५२ र फ्रेडले ६८औँ मिनेटमा गोल गरे। मिडफिल्डर पाउल पोग्बाले चार गोलमा अवसर सिर्जना गरिदिए। लिड्सका लुक एलिङले ४८औँ मिनेटमा गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्