युनाइटेडले भरानलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गर्‍यो एजेन्सी। म्यानचेस्टर युनाइटेडले यसै सिजन अनुबन्ध गरेको फ्रान्सका रक्षक राफेल भरानलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो। रियाल मड्रिडबाट यसै सिजन इङ्गल्यान्ड आएका भरानले युनाइटेडमा १९ नम्बरको जर्सी लगाउने छन्। क्वारेनटिन नियमका कारण युनाइटेडले भरानको नाम दर्ता गर्न पाएको थिएन। त्यसै कारण आज सिजनको पहिलो खेलमा खेल्न पाएनन्। युनाइटेडले पहिलो खेलमा लिड्स युनाइटेडविरुद्ध खेलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्