बार्सिलोनाले ला लिगामा दर्ता गर्‍यो नयाँ तीन खेलाडी एजेन्सी। बार्सिलोनाले शनिबार मेम्फिस डिपाए, इरिक गार्सिया र रे मानजको नाम स्पेनिस ला लिगामा दर्ता गराएको जनाएको छ। बार्सिलोनाले क्लबका उपकप्तान जेरार्ड पिकेको तलब घटाएका कारण तीन खेलाडीको नाम दर्ता गर्न सफल भएको जनाएको छ। यससँगै रियाल सोसिडाडविरुद्ध नयाँ सिजनको पहिलो खेलका लागि तीनै जना खेलाडी उपलब्ध हुनेछन्। सर्जियो बुस्केट र जोर्डी अल्बाको तलब पनि घटाउने प्रयास भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्