लिड्सविरुद्ध युनाइटेडका सान्चोले खेल्ने एजेन्सी। म्यानचेस्टर युनाइटेडले आज लिड्स युनाइटेडविरुद्धको खेलबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु गर्दा जाडोन सान्चो खेल्ने प्रशिक्षक ओले गनर सोल्सायरले बताए। सान्चो बोरुसिया डर्टमण्डबाट ७ करोड ३९ लाख पाउण्डमा युनाइटेडसँग अनुबन्ध भएका हुन्। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा १९ महिनापछि आज दर्शकको उपस्थिति हुनेछ। गत सिजनमा लिड्स नवौँ र युनाइटेडले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्