क्यामरुनी मिडफिल्डर रिम थ्री स्टारमा अनुबन्ध काठमाडौं। आहा रारा गोल्ड कप खेल्न नेपाल आएका क्यामरुनका मिडफिल्डर राफेल बीडीएस रिम शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारसँग एक वर्षको लागि अनुबन्धित भएका छन्। २५ वर्षे रिमले नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका थिए। उनले गत सिजन अफ्रिकन रुट्स एसोसिएसनबाट मोफसलका थुप्रै प्रतियोगिताहरू खेलेका थिए। थ्री स्टारले आयुश घलान र डोना थापालाई अनुबन्ध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्