माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरुभ भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। आजको बैठकको तयारीका लागि हिजो स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्