एनभीए महिला तथा पुरुष भलिबलको फाइनल आज

काठमाडौं। साविक विजेता त्रिभुवन आर्मी क्लब एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा सम्पन्न पुरुषतर्फको ९ माघको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी अर्को विभागीय क्लब एपीएफसँग पराजित भएको हो।

त्रिभुवन आर्मीलाई एपीएफले २५-२२, २५-२२, २६-२४ को सोझो सेटमा पराजित गरेको थियो।

एपीएफले अब उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५-२१, २५-१६, २५-१५ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको छ।

हेल्प नेपाल अघिल्लो संस्करणमा सहभागी हुने भनिए पनि खेलाडी विवादका कारण अन्तिम समयमा खेलेको थिएन।

महिलातर्फ भने एपीएफ र न्यू डायमण्डले फाइनलमा स्थान बनाएका छन्।

महिलातर्फको फाइनल खेल आज दिउँसो २ बजे हुनेछ भने पुरुषतर्फको फाइनल खेल अपरान्ह ४ बजे हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्