पीएसजीमा डेब्यू गर्न मेसीले अझै कुर्नुपर्ने एजेन्सी। शनिबार स्ट्रासबर्गविरुद्ध लियोनल मेसीले पीएसजीमा डेब्यू गर्ने सम्भावना न्यून छ। बार्सिलोना छाडेपछि मेसीले पीएसजीसँग दुई वर्षका लागि सम्झैता गरेका छन्। उनले अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेपछि दुई दिन मात्र प्रशिक्षण गरेका छन्। पीएसजीले मेसी र सर्जियो रामोसलाई एकैपटक डेब्यू गर्ने योजना बनाएको छ। रामोस पूर्ण फिट भइसकेका छैनन्। गोलकिपर जियानलुइगी डोनारुमा, जर्जिनियो विजनाल्डम र आच्रफ हाकिमीले भने आज खेल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्