भरानसँगको सम्झैताले पूर्णता पाएको छैन–सोल्सायर एजेन्सी। म्यानचेस्टर युनाइटेडसँगको सम्झैताले पूर्णता नपाएका कारण रक्षक राफेल भरानले शनिबार लिड्स युनाइटेडविरुद्धको पहिलो खेल खेल्न नपाउने भएका छन्। युनाइटेडले भरानलाई २७ जुलाईमा रियाल मड्रिडबाट अनुबन्ध गरेको हो। तर क्वारेन्टिन नियमका कारण युनाइटेडले भरानलाई इङ्लिस प्रिमियर लिगमा पहिलो साताको खेलका लागि निर्धारित समयमा दर्ता गर्न सकेन। प्रशिक्षक सोल्सायर भन्छन्, ‘‘शतप्रतिसत काम सकिएको छैन। कहिलेकाँही यस्तो हुन्छ। अब चाडै पूर्णता पाउँछ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्