फ्रेन्च लिग वानमा मोनाको पराजित एजेन्सी। मोनाको गएराती सम्पन्न फ्रेन्च लिग वानमा लोरियन्टसँग १–० ले पराजित भयो। हारसँगै मोनाकोले दुई खेलबाट एक अंकमात्र जोडेको छ। लोरियन्टको जितमा टेरेम मोफीले ३१औं मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। लोरियन्टलाई फ्रेन्च लिग वानमा टिकाइ राख्नेक्रममा मोफीले गत सिजन १४ गोल गरेका थिए। गत सिजन तेस्रो स्थानमा रहेको मोनाकोले पहिलो खेलमा नान्टससँग १–१ को बराबरी खेलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्