ला लिगामा भ्यालेन्सियाको विजयी सुरुआत एजेन्सी। रंगशालामा दर्शक पुनरागन गरेको खेलमा भ्यालेन्सियाले गएराती स्पेनिस ला लिगामा गेटाफेलाई १–० ले हराउँदै नयाँ सिजनको सुरुआत गरेको छ। मिडफिल्डर ह्युगो गुईलामोनले तेस्रो मिनेटमै रातो कार्डको सामना गरेपछि घरेलु टिम भ्यालेन्सिया दश खेलाडीमा सिमित बनेको थियो। ११औं मिनेटमा कार्लोस सोलेरले पेनाल्टीमा गरेको गोल भ्यालेन्सियको जितमा निर्णायक बन्यो। ७६औं मिनेटमा गटाफेका रक्षक इरिक काबाकोले रातो कार्डको सामना गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्