दोस्रो दिन वेष्ट इन्डिजलाई ३४ रनको अग्रता एजेन्सी। पाकिस्तानविरुद्ध पहिलो टेस्टको दोस्रो दिन वेष्ट इन्डिजले ३४ रनको अग्रता लिएको छ। वेष्ट इन्डिजले २/२को स्थितिबाट दोस्रो दिन थालेको थियो। वेष्ट इन्डिजका क्रायग ब्राथवाइटले ९७ र जसन होल्डरले ५८ रन बनाए। दोस्रो दिन सकिँदा वेष्ट इन्डिज २५१/८ रनको स्थितिमा छ। पाकिस्तानका मोहम्मद अब्बासले तीन र शाहीन शाह अफ्रिदीले दुई विकेट लिए। पहिलो दिन पाकिस्तान २१७ रनमा अलआउट भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्