साविक विजेता म्युनिख बराबरीमा रोकियो एजेन्सी। साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा नयाँ सिजनको पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडबचसँग १–१ को बराबरीमा रोकिएको छ। घरेलु टोली मोन्चेनग्लाडबचले दशौं मिनेटमा एलासाने प्लेइएको गोलबाट अग्रता लियो। बायर्नका रोबर्ट लेवनडोवस्कीले ४२औं मिनेटमा बराबरी गोल फर्काए। पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले पछिल्ला सबै ११ खेलमा गोल गरेका छन्। नयाँ प्रशिक्षक जुलियन नागाल्सम्यानको प्रशिक्षणमा बायर्नले जित निकाल्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्