एट्लेटिको कोपा डेल रेबाट बाहिरियो

काठमाडौं। स्पेनिस ला लिगाको उपाधि दाबेदार क्लब एट्लेटिको मड्रिड गएराति कोपा डेल रेमा तेस्रो श्रेणाीको क्लब कल्चरल लियोनासँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ।

तीस मिनेट थप गरिएको समयमा सर्जियो बेनिटोले भलीमा उत्कृष्ट गोल गरेपछि एट्लेटिको प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएको हो।

२०११ पछि एट्लेटिको तल्लो श्रेणीको क्लबसँग पराजित भएको यो पहिलो हो।

एन्जेल कोरेराको गोलका एट्लेटिकोले ६२औं मिनेटमा अग्रता लिएको थियो।

तर, डिएगो सिमोनीको टीमले त्यसलाई जोगाउन सकेन।

जुलेन कास्टानाडेले ८३औं मिनेटमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएको थियो।

थप समयको १८औं मिनेटमा बेनिटोले गरेको गोल कल्चरल लियोनाको जितमा निर्णायक बन्यो।

एट्लेटिकोको यो लगातार तेस्रो हार हो।

ला लिगामा इबरसँग २–० ले पराजित भएको एट्लेटिको स्पेनिस सुपर लिगमा रियाल मड्रिडसँग टाइब्रेकरमा ४–१ ले पराजित भएको थियो।

अघिल्लो दिन एट्लेटिकोका पूर्वस्ट्राइकर एन्टोइन ग्रिज्मानले अन्तिम समयमा गरेको दुई गोलमा बार्सिलोनाले तेस्रो श्रेणीको युडी इबिजासँगको सम्भावित हार टारेको थियो।

प्रतिक्रिया दिनुहोस्