एन्डरसनको पाँच विकेटमा पुनरागमन गरेको इङ्ल्यान्ड ब्याटिङमा लड्खडायो एजेन्सी। तीब्र गतिका बलर जेम्स एन्डरसनले पाँच विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन पुनरागमन गरेको इङ्ल्यान्ड ब्याटिङमा लड्खडाएको छ। २७६/३को स्थितिबाट दोस्रो दिन थालेको भारत ३६४ रनमा अलआउट भयो। दोस्रो दिन सकिँदा इङ्ल्यान्ड ११९÷३ को स्थितिमा छ। इङ्ल्यान्डका जो रुट ४८ र जोनी बेएरिष्टो ६ रन बनाएर क्रिजमा छन्। ओपनर रोरी बर्नसले ४९ र डोम सिबलेले ११ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्