लिभरपुलको उपाधि यात्रा झनै बलियो, १६ अंकको अग्रता

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा तीस वर्षपछि उपाधि यात्रालाई बलियो बनाउने क्रममा लिभरपुलले गएराति उल्भरह्याम्पटनलाई २–१ ले हराएको छ।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा १६ अंकको अग्रता लिएको छ।

लिगमा लिभरपुलको २३ खेलमा यो २२औं जित हो। रोबर्टो फिर्मिनोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो।

जितसँगै लिभरपुल तीस वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले आठौं मिनेटमा टिमलाई अग्रता दिएका थिए।

उनले ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

५१औं मिनेटमा राउल जिमेनेजले बराबरी गोल फर्काए। उनले अडामा ट्रोर क्रसलाई हेडमार्फत गोल गरे।

लिभरपुलले ५ डिसेम्बरमा एभर्टनविरुद्धको खेलपछि प्रिमियर लिगको गोल खाएको यो पहिलो हो।

सडियो मानेले मशलमा चोट लागेपछि पहिलो हाफमै मैदान छाडेका थिए।

लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित छ।

लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दालेल ५१ अंक जोडेको छ।

अझै सिटीले एक खेल बढी खेलेको छ। उल्भरह्याम्पटन भने ३४ अंकका साथ सातौं स्थानमा छ।

जुन चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडि हो।

प्रतिक्रिया दिनुहोस्