लुकाकु फेरि चेल्सीमै फर्किए एजेन्सी। चेल्सीले आफ्नो पूर्वस्ट्राइकर रोमेलु लुकाकुलाई इन्टर मिलानबाट ९ करोड ७५ लाख पाउण्डमा अनुबन्ध गरेको छ। २८ वर्षे लुकाकुसँग चेल्सीले पाँच वर्षको लागि सम्झैता गरेको छ। २०१४ मा चेल्सीले लुकाकुलाई २ करोड ८० पाउण्डमा एभर्टनलाई बेचेको थियो। उनै लुकाकुलाई भित्र्याउन चेल्सीले क्लबको कीर्तिमानी रकम खर्च गरेको छ। लुकाकुलाई इन्टरले २०१९मा युनाइटेडबाट ७ करोड ४० लाख पाउण्डमा अनुबन्ध गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्