पहिलो दिनमै पाकिस्तान अलआउट एजेन्सी। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै पाकिस्तानले पहिलो इनिङको सबै विकेट गुमाएको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानका फवाद आलमले ५६ र फहीम अस्रफले ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन्। वेष्ट इन्डिजका जेडेन सिल्स र जसोन होल्डरले समान तीन अंक लिए। केमर रोचको नाममा दुई विकेट रह्यो। पहिलो दिन सकिँदा वेष्ट इन्डिज २/२ को स्थितिमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्