नयाँ सिजनमा पनि मछिन्द्रको प्रशिक्षकमा कटवाल काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको साबिक विजेता क्लब मछिन्द्रले मुख्य प्रशिक्षक प्रवेश कटवालसँगको सम्झौता थप एक वर्षको लागि नवीकरण गरेको छ। कटवालकै नेतृत्वमा मछिन्द्रले गत सिजन पहिलो पटक लिग उपाधि उचालेको थियो। कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। लिगको नयाँ सिजन कात्तिक २९ बाट सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्