श्रीलंकाका पूर्व कप्तानले एभरेस्ट लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने काठमाडौं। श्रीलंकाका पूर्व कप्तान दिनेश चन्डिमलले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन्। चान्डिमल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको कप्तानी गर्ने सबभन्दा कम उमेरका खेलाडी हुन्। २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १३३ दिनको उमेरमा श्रीलंकाको कप्तानी सम्हालेका थिए। प्रतियोगिता ९ देखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्