विक्रम लामा थप एक वर्ष थ्रीस्टारमै काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारले बिहीबार कप्तान बिक्रम लामासँगको सम्झौता नवीकरण गरेको छ। ११ वर्षदेखि थ्रीस्टारमा रहेका विक्रमसँग थप एक वर्षका लागि नवीकरण गरिएको थ्रीस्टारले जनाएको छ। ‘ए’ डिभिजन लिगको नयाँ सिजन कात्तिक २९ बाट हुनेछ। थ्रीस्टार यसअघि आयुष घलान, अनन्त तामाङ, संजोग राई, निशान खड्का, डोना लामासँग पनि सम्झैता गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्