ब्रोडले भारतविरुद्धका बाँकी सबै टेष्ट खेल गुमाउने एजेन्सी। इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले भारतविरुद्धको बाँकी टेष्ट खेल गुमाउने भएका छन्। उनको दायाँ खुट्टाको पिँडौलामा चोट लागेपछि बाँकी चार टेष्ट गुमाउने भएका हुन्। लर्ड्स टेष्टअघिको अभ्यासका क्रममा उनलाई चोट लागेको हो। इङ्ल्यान्डले साकिब महमुदलाई टिममा बोलाएको छ। लर्ड्समा ब्रोडको १५०औं खेल हुने थियो। तर त्यसका लागि उनले अझै कुर्नुपर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्