सिटीका मिडफिल्डर फोडान चार साता मैदान बाहिर एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडान चोटका कारण अझै चार साता मैदान बाहिर रहने भएका छन्। इङ्ल्यान्डका फोडानले युरो–२०२० मा चोट बोकेका थिए। २१ वर्षे फोडानले सिटीबाट नयाँ सिजनका तीन खेल गुमाउनेछन्। सिटीले पहिलो तीन खेल टोटेनह्याम, नर्विच सिटी र आर्सनलविरुद्ध खेल्नेछ। फोडानले इङ्ल्यान्डबाट हंगेरीविरुद्धको विश्वकप छनोट खेल पनि गुमाउने सम्भावना छ। सिटीका केभिन डी ब्रुयना पनि घाइते छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्